जिल्ला प्रहरी कार्यालय पाँचथरद्वारा “तपाईको मास्क खोई ?” अभियान शुरु

0
1397

युद्धबहादुर बोहोरा,
पाँचथर ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले “तपाईको मास्क खोई ?” अभियान शुरु गरेको छ ।

केही दिन यता निरन्तर वृद्धि भइरहेको दोस्रो लहरको कोभिड -१९ को संक्रमणबाट नागरिकलाई सुरक्षित बनाउने उदेश्यका साथ अभियान शुरु गरेको जनाइएको छ ।

मास्क देखाउनको लागि होईन,संक्रमणबाट बच्न लगाउने हो तसर्थ हेलचेक्राई नगरौं भन्ने आव्हान सहित हरेक सडक र चोकमा आवातजावत गर्ने मानिसहरुलाई अनिवार्य मास्क लगाएर हिंड्न सचेत गराउँदै “तपाईंको मास्क खोई ?” लेखिएको बोर्ड देखाएर सचेत गराउन थालिएको छ ।

कार्यालयले सञ्चालन गरेको यस अभियानलाई सहयोग गर्न र सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ । सुरक्षा निकायले शुरु गरेको यस अभियानमा संवेदनशिल बन्ने हो भने कोभिड-१९ को आक्रमणबाट बच्न सकिने नागरिकहरुको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here