तीन बुँदे सहमति उल्लंघन गर्दै विप्लवका नेता पाैडेलकाे घरमा ३५ दिने पक्राउ पुर्जी जारी

१४ बैशाख २०७८, मंगलवार मा प्रकाशित

झापा।

नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारविच फागुन २० गते भएको तिनबुँदे सहमतिकाे उल्लंघन गर्दै जिल्ला अदालत माेरङ र इलामले एकैपटक दुई फरकफरक मुद्दामा नेकपाका प्रभावशाली नेता एवम् मेची-काेसी ब्युरो कार्यालय सचिव सुमनसिंह पाैडेलकाे घरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।

तिनबँदे सहमति अनुरूप यतिबेला विप्लव नेकपाले आफ्ना गतिविधि सञ्चालन गरिरहेपनि सरकारले भने सहमति विपरीत कदम चालिरहेकाे छ । यसअघि प्रतिबन्ध फुकाइए पनि ताप्लेजुङबाट नेकपाका जिल्ला नेता सक्कललाई प्रहरीले गिरफ्तार समेत गरेको थियोे भने अझै पनि सयौं नेता कार्यकर्ता कारागारमै रहेका छन्,।

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियोे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा तीन बुँदे सहमति भएको र सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा, नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने र विप्लव नेकपाले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको थियो ।

राजनैतिक मुद्दा राजनीतिक तवरबाट समाधान गर्ने र सबै मुद्दा खारेजी गर्ने सहमति गरेको सरकारले सहमतिको उल्लंघन गर्दै नेता पाैडेलकाे घरमा आज जिल्ला अदालत माेरङ र इलामले ३५ दिने पक्राउ पुर्जि टाँस गरेकाे छ ।

जिल्ला अदालत इलामले जारी गरेको पक्राउ पुर्जीमा ध्वंसात्मक तथा संगठित अपराध मुद्दा रहेको छ भने माेरङले जारी गरेको सुचनामा अपराध तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जीमा भनिएको छ ,- गणेश पाैडेलकाे छाेरा झापा जिल्ला दमक नगरपालिका वडा नम्बर २ बस्ने अं वर्ष ३० काे सुमनसिंह पाैडेल ।

छत्रबहादुर श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईं समेत भएको अपहरण र कर्तव्य ज्यान मुद्दामा तपाईंको नाममा यश अदालतबाट मिति २०७७/११/३ मा सात दिने पक्राउ पुर्जी जारी भएकोमा उक्त पक्राउ पुर्जी बमोजिम पक्राउ परी नआएको हुँदा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ । यो पक्राउ पुर्जीमा उल्लेखित अवधि भित्र अविलम्ब यश अदालतमा उपस्थित हुनुहाेला । उक्त अवधि भित्र उपस्थित नभई फरार रहेमा मुलुकी फाैजदारी कार्यविधि संहिता २०७४ काे दफा ६५ बमोजिम हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here