कोरोनाको नयाँ भेरियन्ट तीब्र रुपमा फैलदै: झापामा थप एक जनाको संक्रमणकै कारण मृत्यु

0
750

झापा, झापामा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा वढ्दै गएको छ । संक्रमण बढेसंगै मृत्यु हुने दर समेत बढ्दै गएको छ ।
झापा गाउँपालिकामा मात्रै फेरि अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।
दुई दिनमा यहाँ दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । झापा गाउँपालिका वडा नं ४ का गणेश थरका ५७ वर्षीय पुरुषको आज बिहान नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको जम्मुकाश्मिरमा कामको सिलसिलामा गएका उनी विरामी भएर बैशाख १२ गते फर्केका थिए । त्यसपछि उनलाई धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ निको नभएपछि नोवेल ल्याइएको थियो । विहान ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।यसअघि बुधबार सोही वडाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।
झापामा विहीबार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जना पुरुषको मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार २३ महिलासहित ५० जनामा संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here