झापा, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई एक करोड २० लाख मूल्य वरावरको विभिन्न स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
रोटरी इन्टरनेशनलको सहयोग तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लव गाजियावाद भारतको सहकार्यमा अस्पताललाई ७ थान डायलासिस मेशिन, डायलाइजर रि–प्रोसेसिङ मेसिन एउटा, वाटर प्युरिफायर सिस्टटम र इलेक्ट्रिक वेड ७ थान उपलव्ध गराएको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले जानकारी दिनुभयो ।
अस्पतालाई प्रदान गरिएको सामग्री एक करोड २० लाख मूल्य वरावरको रहेको शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
बढ्दो जनघनत्व र स्वास्थ्य सेवालाई मध्यनजर गर्दै विपन्न तथा सर्वसाधारणलाई सहज र शुलभ स्वास्थ्य सेवा दिने उदेश्यले मिडटाउनले डायलासिससहित स्वास्थ्य उपकरण अस्पताललाई प्रदान गरेको संजोजक शुभ कुमाई पाठकले जानकारी दिनुभयो ।
अस्पतालले आवश्यक संरचना तथा व्यवस्थापन गरी सञ्चालन गर्ने गरी उपकरण दिइएको हो । डाइलोसिस गर्नबाट बञ्चित भएकाका लागि हाल नेपाल सरकारबाट तोकिएको २ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराउने अस्पतालका अध्यक्ष नरेश खरेलले बताउनुभयो ।
नेपाल सरकारबाट इजाजत प्राप्त भइसकेपछि डायलासिस वापत लाग्ने शुल्क सरकारबाट लिएर निःशुल्क सेवा दिने उहाँको भनाई थियो । अस्पततलमा उपकरण सेटअफ भई परिक्षणका लागि डायलासिस सेवा शुरु भइसकेको बताइएको छ ।
पत्रकार सम्मेलनमा रोटरीयन शिवकुमार अग्रवाल, अस्पतालका कोषाध्यक्ष ज्ञानु प्रसाई, रोटरीयन सन्तोष अग्रवाल, अस्पतालका व्यवस्थापन समितिका सचिव रोमणि भट्टराईलगायतले बोल्नु भएको थियो ।
































