श्रम सम्झौता सकिएपनि कोरियामा एक वर्ष भिषा थप्ने निर्णय

१८ बैशाख २०७८, शनिबार मा प्रकाशित

 

खगेन्द्र वुढाथोकी

दक्षिण कोरिया, वैशाख ,

दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई एक वर्ष भिसा थप्ने निर्णय गरेको छ ।

कोरियाको श्रम मन्त्रलायका अनुसार अप्रिल १३ देखि डिसेम्वर ३१ तरिकसम्म लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १६ मुलुकका प्रवासी कामदारलाई एक वर्ष भिसा थप्ने निर्णय भएको हो ।

इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here