नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइसर कोभिड १९को संक्रमणबाट १९ जनाको मृत्यु

0
849

झापा, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइसर कोभिड १९को संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । १४ हजार ४सय ३ जनामा पीसीआर परीक्षण गर्दा ५ ७०६ जना र ५६६ जनामा एन्टीजेन परीक्षण गर्दा ५७ जनामा गरी जम्मा ५७६३ जनामा कोरोना भाइरस कोभिड– १९ संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२८७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८२ हजार ३८२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३२९८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख ८८ हजार ३५९ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४३२१३ जना रहेको छ भने ६७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here