प्रतिकुल परिस्थितिः सिकाइमा अभिभावकको भूमिका

१९ बैशाख २०७८, आईतवार मा प्रकाशित

पूर्णवहादुर कटुवाल
नेपालमा कोरोना महामारी तीव्र गतिले अगाडि बढिरहेको छ । शैक्षिक संस्थाहरू हटस्पट बन्ने खतरा बढेपछि विद्यालयहरु बन्द छन् । गत वर्ष पनि यही नियति व्यहोरेका आम अभिभावक र विद्यार्थीहरु पढाई विग्रिएको भन्दै चिन्तित बनेका छन्, नबनून् पनि कसरी युगमै विश्वव्यापी माहामारी फैलिएर विश्व त्रसित छ ।
ज्यान वच्छ कि बच्दैन भनेर चिन्ता लिनुपर्ने समयमा पढाइको चिन्तगौण बन्नुपर्ने समयको मोडमा उभिएका छौं हामी । जीवनलाई जोखिमतिर लैजाने वा सुरक्षित राख्ने भन्ने कुरा नै यो विषम् परिस्थितिमा महत्वपूर्ण बनेको छ । तर यतिवेला महामारीलाई कम आँक्ने कतिपय हामी विद्यार्थी हौं वा अभिभावक, विद्यालय सञ्चालक हौं वा अन्य कुनै पनि व्यवसायी, निषेधको तीव्र विरोधमा देखिएका छौं ।
पक्कै हो, पठनपाठन र व्यवसाय बन्द हुँदा सम्वन्धित क्षेत्रका हामी मारमै छौं, व्यक्ति मारमा परेको छ, समाज मारमा परेको छ, मुलुक मारमा परेको छ र सिंगो विश्व समुदाय नै कुनै न कुनै रुपमा मारमा परेको छ । तर, यो नोक्सानी, घाटा, अस्वभाविक परिस्थितिको सामना केवलज्यान बचाएर मात्र सम्भव छ । यो असहज परिस्थितिलाई नाफा र नोक्सानसंग तुलना गर्ने समय होइन यो । संक्रमणको भयावह अवस्था नेपालको कोरोना सङ्क्रमणको अवस्था असामान्यतिर अवस्थातिर गइरहेको छ । केहीदिन अघि भारतमा शुरु भएको भयावह अवस्था मुलुकमा भित्रिएको छ । संक्रमित हुनेको संख्या र मृत्यु संख्या तीव्र रुपमा बढिरहेको छ । अस्पत्तालमा विरामीले भर्ना पाउन छोडेका छन् ।
अझ एउटा अनुमान के गर्न सकिन्छ भने लक्षण देखिएका वा लक्षण नै नदेखिएको सामान्य परिवारका मान्छे परीक्षण गर्ने अवस्थामा समेत छैनन् । यो तथ्यांक त सिकिस्त भए पछि गरिएका परीक्षणको मात्र हुनसक्छ । गतवर्षको कोरोना भाइरसको प्रवाह क्षमता र संक्रामकको आधारमा हेर्दा यसपटक फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी सङ्क्रामक रहेको विज्ञहरुले बताउने गरेका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने आगामी तीन महिनामा ५० हजारभन्दा बढी सङ्क्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ ।
नेपालमा १८ वर्ष मुनिकाबालबालिका सङ्क्रमित हुने क्रम तीव्र रूपमा बढेपछि विद्यालय वन्द गर्नुपर्ने अवस्थासिर्जना भएको हो । यो उमेर समूहका बालबालिकाको संख्या १६ प्रतिशतभन्दामाथि पुगेको तथ्यांक सार्वजनिक हुनुले स्थिाति भयावह हुने हो कि भन्ने शंका बढेको छ÷पुगेको छ । बालबालिकामाको भीडको लक्षण कम हुने र उनीहरूले लक्षण बिनै संक्रमण सार्न सक्ने भएकाले पनि विज्ञहरुको सुझाव अनुसार विद्यालय बन्द रहेका छन् । सञ्चालन भइरहेका परीक्षा समेत स्थगित भएका छन् । तर, यो विद्यालय वन्दको निर्णय आलोचित बनेको छ । बिद्यालय बन्द गर्ने कि खोल्ने विषयमा तर्क वितर्क भए । यो अस्वभाविक परिस्थितिमा तर्क गर्नुको तुक छैन, ज्यान बचाउनेतिर लाग्नुपर्छ भन्नेतिर अझै हामी गम्भीर हुन सकेनौं ।
मेरो बच्चा स्वस्थ भइदियो भने पढ्ने समय आउला भनेर मन वुझाउन पनि सकिरहेका छैनौ हामी । अन्यौल र असर परिस्थितिको सामना गर्नुको विकल्प छैन । मानव सामु खतराको घण्टी बजिसकेको छ । शिक्षण संस्थाहरू बन्द भएकाले शिक्षक विद्यार्थीको मथिङ्गल हल्लिएको छ । महिनौँपछिको बन्दपछि नियमित पठनपाठनमा फर्किएका शिक्षण संस्था, शिक्षक विद्यार्थीहरू अन्यौलमा पर्नु स्वभाविकै हो । विद्यालय बन्द भएपछि शिक्षा क्षेत्रमा बहुआयामिक असरहरू परेका छन् । विद्यार्थीमा निराशा छाएको छ । यस अवस्थामा विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्नु पनि अस्वभाविक होइन । यही परिस्थितिको सामना गर्न अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।
विद्यालय बन्द भइदिए वा गराइए भन्नुभन्दा पनि हाम्रा वालवालिकाको स्वास्थ्य रक्षाको लागियो अवस्था सिर्जना गर्न खोजिएको हो र असहज परिस्थितिलाई सहजतामा बदल्ने भूमिकामा हामी हुनुपर्छ भन्ने बुझ्न जरुरी देखिएको छ । विद्यालय बन्द हुँदा विद्यार्थी मारमा परेको सत्य हो । विद्यालय बन्द हुँदा निजी विद्यालयका शिक्षक मारमा परेको पनि सत्य हो । अनि निजी विद्यालय सञ्चालक अझ ठूलो मारमा परेका छन् । यी सवैखाले नोक्सानीबाट वच्न यो महामारीमा विद्यालय खोल्ने अवस्था थियो त ? एकपटक मनन् गरौं ।
विद्यालय संवेदनशील क्षेत्र हो, जहाँ ६÷७ घण्टासम्म सयौँ शिक्षक बिद्यार्थी एकसाथ रहनुपर्छ । चाहेर पनि त्यहाँ स्वास्थ्यका आधारभूत मापदण्ड पूरा गर्न असम्भव हुन्छ । स्वास्थ्य प्रोटोकल लागू गर्न कठिन हुन्छ । हाम्रा सवै भौतिक संरचना तथा कक्षा कोठाहरू सामाजिक दूरी कायम गरी पठनपाठन गर्न लायक छैनन् । सवै विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू मास्क, ग्लोब्स, स्यानिटाइजर, फेस सिल्डजस्ता न्यूनतम् सुरक्षा साधनहरूको प्रबन्ध गर्न समेत सम्भव छैन । विद्यालय आउने शिक्षक, कर्मचारी र विद्यार्थीको सामान्य स्वास्थ्य परीक्षण समेत गर्न सम्भव छैन । स्वास्थ्य प्रोटोकलको पालना नगरी पठनपाठन सञ्चालन गर्दा उत्पन्न हुने जोखिमको जिम्मेवारी लिने पक्ष पनि छैन । सरोकारवाला निकायको भूमिका सिकाइ निरन्तरताका लागि प्रविधिमा जोडिदा मात्र पनि हाम्रो लक्षको चेन टुट्दैन । यस विषम् परिस्थितिमा सूचना प्रविधिको प्रयोग गर्ने तथा प्रविधिको पहुँच नभएको ठाउँमा स–साना सिकाइ समूह बनाएर कक्षा सञ्चालन गर्ने मोडेलमा जोड दिन आवश्यक छ ।
इन्टरनेट, टेलिफोन टेलिभिजन, रेडियोको माध्यमबाट समेत सिकाई मार्गदर्शन गर्न सम्वन्धित सरोकारवालहरु अघि बढ्न आवश्यक छ । र, चालू शैक्षिकसत्रका लागि विद्यालय सञ्चालन कार्यढाँचाले निर्दिष्ट गरेका अन्य विकल्पको प्रयोग गरी सिकाइलाई निरन्तरता दिनुपर्छ । अहिलेको आवश्यकता भनेकै शिक्षकहरू सिकाइ क्रियाकलापसंग जोडिनुहो । शिक्षकले एक्लै जोखिमलिएर वैकल्पिक सिकाईमा सहभागी हुनु वाहेक अन्य काम गर्न सक्ने अवस्था छैन । सरोकारवाला निकायहरूले परिस्थितिको ठोस् विश्लेषण गर्ने, सङ्कटकालीन कार्ययोजना तयार गर्ने, जटिल परिवेशमा शिक्षकहरूको मनोबल उच्च राख्दै काम गर्न तयार बनाउने र दिशानिर्देश गर्ने कार्यमा सक्रियता देखाउनुपर्छ । बालबालिकालाई संक्रमित हुनबाट जोगाउँदै शैक्षिक गतिविधि सञ्चालन गर्नु अपरिहार्य छ ।
विद्यालयर सम्वन्धित सरोकारवालाले विद्यालय वन्द रहेको वेलामा सिकाई निरन्तरताका लागि यति मात्र भूमिका निर्वाह गरेपनि निकै ठूलो महत्व रहने छ । अभिावकको भूमिका विद्यालय बन्दको अवधिमा भौतिक रुपले कक्षा सञ्चालन नभइरहेको अवस्थामा छ । यसवेला अभिभावकको जिम्मेवारी आफ्नै किसिमले सञ्चालन हुन आवश्यक छ । स–साना बालबालिकाहरुलाई अभिभावकले मनोवैज्ञानिक रुपले सिकाई गर्नु जरुरी छ भने ठूला कक्षाको लागि सकेसम्म प्रविधिको प्रयोगवाट कुनै न कुनै रुपमा शिक्षक बिद्यार्थी जोडिनु आवश्यक छ । विद्यार्थीको लागि यस विषम् परिस्थितिमा अभिभावक मुख्य जिम्मेवार पक्ष हो । हाम्रो बच्चा पूर्व प्राथमिक तहमा अध्ययनरत् होस् वा माध्यमिक तहमा, पढाइको विषयलाई लिएर आतिइहाल्नुपर्ने अवस्था छैन ।
पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तु शिक्षण गर्न त नसकौंला तर हामी यतिवेला हामी शिक्षक हौं, हाम्रो घर विद्यालय हो । सिकाईका अनेकौं पक्ष छन् । यीमध्ये कुनै–कुनै पक्षवा सीपको विकास गनै सकियो भने पनि महामारीलाई जित्न सक्छौं । अहिलेको आवश्यकता घरमा अभिभावक वालवालिकाको मनोविज्ञानको शिक्षक बन्नुपर्ने भएको छ । विद्यालयमा गएर मात्र सिकिन्छ भन्ने बालवालिकाको मनोविज्ञान अभिभावकले व्यवहारिक रुपमा रुपान्तरण गर्नुपर्ने समय हो यो । विद्यालय जान नसक्नुका कारणवारे हाम्रा बालबालिका जानकार हुनु आवश्यक छ । यसको ज्ञान अभिभावद्धारा नै दिइनुपर्छ ताकि उसले सुरक्षित महशुस गरोस् । यतिवेला शिक्षक र विद्यालयतिर अभिभावक आक्रोशित हुने बेला होइन । बालबालिकाको स्वास्थ्य हाम्रो पहिलो चाहानाहो ।
घरपरिवारसँग बसेर घरायसी व्यवहार, संस्कार र संस्कृतिका विषयमा ज्ञान दिने शिक्षक हुनुपर्छ हामी अभिभावक । जसले गर्दा हाम्रा बच्चालाई पाठ्यक्रमका अतिरिक्त जीवनोपयोगी शिक्षा पाउने अवसर जुटोस् । यदि हाम्रो बच्च वैकल्पिक सिकाईमा जुटेको छ भने उसलाई आवश्यक समय, वातावरण र सामग्री जुटाइदिने कर्तव्य हाम्रो हुनुपर्छ ।
महामारी अन्त्यहुनासाथ जीवन र दैनिकी सामान्य अवस्थातिर फर्कन्छ भन्ने कुरा विर्सनु हुँदैन । यो वेलामा हाम्रा बालबच्चा सुरक्षित भए पनि शैक्षिक योग्यताका प्रमाणपत्र ढिलोछिटो कुनै दिन प्राप्त गर्न सक्छन् तर हाम्रो स्वास्थ्य गुम्यो भने हामीले पाउने पीडा जीवनभर भुल्न नसक्ने हुनसक्छन् । अतः यस प्रतिकुल परिस्थितिमा हाम्रा बच्चाहरुलाई घरमै सुरक्षित राखी घर नै महत्वपूर्ण पाठशाला हो भन्ने कुराको ज्ञान दिऔं, स्वस्थ रहौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here