कृत्रिम अभाव र अस्वाभाविक मूल्यबृद्धि नगर्न झापा उ. वा. संघको अपिल

0
878

 

भद्रपुर ,झापा उद्योग वणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) महामारीको अहिलेको अवस्थामा कोरोना संक्रमणविरुद्ध सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर उद्योग–व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेको छ ।

संघको आज बसेको कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो आह्वान गरेको हो । अहिलेको अवस्थामा झापामा पनि कोरोना संक्रमितको संख्या ५०० को हाराहारीमा पुगेको उल्लेख गर्दै संघले सचेत रहन आग्रह गरेको छ ।

संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बसेको सीमित पदाधिकारीहरुको बैठकपछि संघले एक अपिल जारी गर्दै हालको संकटको अवस्थामा बजारमा हुनसक्ने दैनिक उपभोग्य बस्तुहरुको अभाव र मूल्यबृद्धिलाई सम्वेदनशील ढंगले लिँदै कुनै पनि कृत्रिम अभाव र अस्वाभाविक मूल्यबृद्धि नगर्न÷नगराउन अनुरोध गरेको छ ।

‘निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मातहतमा रहेको झापा उद्योग वाणिज्य संघ आफैमा जिम्मेवार संस्था भएकाले यस संस्थामा आबद्ध सबै सदस्यहरुको यस विषम परिस्थितिमा संवेदनशील र जिम्मेवार भूमिका आवश्यक छ नै राज्यले गम्भीर ढंगले कोरोना संक्रमणलाई न्यूनिकरण गर्न गरेका महत्वपूर्ण निर्णयहरुलाई आत्मसाथ गर्दै व्यवसायिक भूमिका निर्वाह गर्न हामी सबै व्यवसायीहरुलाई हार्दिक अनुरोध गर्दछौं’, अपिलमा भनिएको छ ।

संघले अहिलेको यो विशिष्ट परिस्थितिमा सरकारी निकायबाट बजार अनुगमन हुने हुँदा सबै व्यवसायीहरुले आफ्ना व्यवसायका मूल्यसूचीका साथै बिल–बिजक चुस्त–दुरुस्त राखी कारोवारलाई पारदर्शी बनाउन पनि आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here