सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा १ सय ३८ ले सेवा लिए

0
712

 

माई, इलाम

ईलामको माई नगरपालिकामा सामुदायिक कुकुरहरुको लागि चार दिने निस्शुल्क रेविज बिरुद्ध खोप तथा बन्ध्याकरण शिविर आईतबार सम्पन्न भएको छ।


चार दिनसम्म सञ्चालन भएको शिविर समापन कार्यक्रममा माईका मेयर दिपक कुमार थेबेले रेविज तथा बन्ध्याकरण शिविरवाट स्वास्थ्य समाज निर्माणमा सहयोग मिल्ने वताउनु भएको छ । समाजमा छाडा रहेका कुकुरबाट रेविजको संक्रमण अन्य चौपायहरुमा समेत संक्रमित हुने भएकाले यो शिविर फलदायी भएको बताँउनु भएको हो ।

माई नगरपालिका ईलामको आयोजना तथा नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी सुनसरीको प्राविधिक सहयोग मा शिविर सञ्चालन भएको थियो ।

शिविरमा १ सय २३ वटा माउ कुकुर सहित १ सय ३८ वटा कुकुरलाई रेविज विरुद्ध खोप र बन्ध्याकरण गरिएको जनाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here