बायोग्यास कारखानामा आगलागी,क्षतिको विवरण आउन वाँकी

२० बैशाख २०७८, सोमबार मा प्रकाशित
  • 2.8K
  •  
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

झापा,
मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर आगलागी शुरु भएको हो । आगलागी के कारणले भयो खुल्न सकेको छैन ।
आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाएका थिए । आगलागी नियन्त्रणमा लिन भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारी, कानेपोखरीबाट दमकल आएका थ्एि ।


कारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न समय लागेको हो । धुलाबारीबाट करीब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायत उद्योगीले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरेका थिए । आगलागीको क्षतिको विवरण यकिन नभइसकेको प्रहरीको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here