हातेमालो गर्दै सडक निर्माण

२१ बैशाख २०७८, मंगलवार मा प्रकाशित
  • 2.2K
  •  
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

बाह्रदशी , नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मुक्ती शर्माको नेतृत्वमा बाह्रदशी – ५ का युवाहरुलाई हातेमालो गर्दै कञ्चनगढ सडकखण्ड लक्ष्मीपुर – राजगढ सडकखण्डसँग जोड्ने बाटो निर्माण कार्य शरु भएको छ।


लक्ष्मीपुर – राजगढ सडकखण्डलाई जोड्दै १६ फुटे बाटो निर्माण कार्य घाग्रा खोलामा पक्की पुल निर्माण गर्ने लक्ष्यलिएर अगाडि बढाइएको बताइएको छ। निकट भविष्यमा हरियाली टोल हुँदै कञ्चनगढ सडकखण्डबाट सदरमुकामलाई जोडने फास्ट ट्रयाकको रुपमा बाटो प्रयोग हुने साथै यो मार्गले गाउँलेहरूको स्तर उन्नतिमा टेवा पुग्ने शर्माले बताए। खोलामा पक्की पुल निर्माण भएपछि वर्षै पिच्छे आउने खोलाको बाढीले कटान गर्दै आएको जमिन सुरक्षित मात्र नभई वस्तिको समेत पुलको कारण बचाउ हुने शर्माले बताएका छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here