माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२१ बैशाख २०७८, मंगलवार मा प्रकाशित

झापा, नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

आजको बैठकले समर्थन फिर्ता लिएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार माओवादीले भोलि नै संसद् सचिवालयलाई पत्र बुझाउनेछ । यसैबीच नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ । काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्रीको कदमलाई सचेततापूर्वक ध्यान दिनुपर्नेमा जोड दिएको छ । फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको भन्दै माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने– ‘प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन । यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक छ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here