बाह्रदशी गाउँपालिकाले आइसोलेसन सेन्टर तयार

२२ बैशाख २०७८, बुधबार मा प्रकाशित

झापा, बाह्रदशी गाउँपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि वाह्रदशीमा पनि संक्रमित थपिएका हुन् ।

बाह्रदशी १ मा रहेको जेष्ठ नागरिक भवनमा २० बेडको आइसोलेसन सेन्टर तयार गरिएको हो । अहिले तत्कालका लागि अक्सिजनको व्यवस्थासहित २० बेड तयार गरिएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । उनले आबश्यकता हेरी यसको क्षमता विस्तार गरिने जानकारी दिए । कोरोना संक्रमणको दोस्रो लहरमा बाह्रदशीमा अहिलेसम्म नयाँ भेरियन्टका ७ जना संक्रमित देखिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here