बुधबारे जेसीजको ‘मेरो पनि योगदान छ’ अभियानमा १ हजार ५ सय ईटा सहयोग

0
813

बुधबारे,
सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा सहयोग जुट्न थालेको छ ।
बुद्धशान्ति– २ का युवा व्यवसायी सुजन भण्डारी र शिशिर श्रेष्ठले १ हजार ५ सय ईटा सहयोग गर्ने घोषणा गरेका छन् । युवाहरुको विश्वव्यापी संस्था जेसीजको भवन बन्ने भएपछि आपूmहरुले सहयोगको घोषणा गरेको सहयोगी भण्डारीले बताएका छन् ।
बुधबारे जेसीजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी बैशाख १६ गते शिलान्यास गरिएको थियो । ५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीनतले भवन निर्माणका बुद्धशान्ति – १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले बुद्धशान्ति– १ को नमुना चोकमा १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । सोहि ठाउँमा भवन बन्न लागेको हो ।
बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याएपछि भवन निर्माणका लागि सहयोगी हातहरु अधि बढ्न थालेका छन् । भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुने गरी भवन निर्माण कार्य सम्पन्न गरिने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । सबैलाई भवन निर्माणमा सहयोग गर्न बुधबारे जेसीजले अपील समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here