वीरता लेडीको एक महिने कोरोना सचेतना अभियान

२२ बैशाख २०७८, बुधबार मा प्रकाशित

बिर्तामोड । ‘कोरोनाबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित वीरता लेड़ी जेसीजले आफ्ना बिभिन्न सात वटा कार्यक्रमहरु घोषणा गरेको छ ।

कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढे सङ्गै अबको दायित्व, भूमिका र जिम्मेवारी कसरी निर्वाह गर्दै अगाडि बढ्ने, कोरोनाबाट आफू बच्दै अरुलाई कसरी बचाउने ? सचेतना अभियान कसरी सञ्चालन गर्ने ? भन्ने बिषयमा जुम अनलाइनमार्फत कार्यक्रम घोषणा गरिएको बताइएको छ । संस्थाको भर्चुअल बैठकमा कार्यक्रम बारे निर्णय गरी सार्वजनिक गरिएको हो । जसअन्तर्गत ‘एक महिने कोरोना सचेतना अभियान’ सञ्चालन गरिने भएको छ । जसमा पर्चा, ब्यानर, पम्प्लेट, सञ्चारमाध्यममा सूचना सम्प्रेषण, माइकिंग, सामाजिक सञ्जालको प्रयोग मार्फत जनचेतना फैलाउने कार्यहरु गरिनेछ । सोका लागि कार्यकारिणी उपाध्यक्ष युनिता दवाडीलाई संयोजक चयन गरिएको छ ।

त्यसैगरी वीरता लेडी जेसीजका सदस्यहरुलाई कोरोना संक्रमण भएको अवस्थामा सम्भव भएसम्म भौतिक रुपमै संस्थागत उपस्थिति जनाएर ‘पोषिलो आहार’ पु¥याउने, यदि सम्भव नभएमा बिर्तामोडको शिखर बजार सँगको सहकार्यमा अनलाइन डेलिभरीको सुविधा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । सोका लागि शिखर बजारकी सञ्चालक तथा उपाध्यक्ष अर्चना राउतलाई संयोजक चयन गरिएको छ ।

त्यस्तै बैठकले संक्रमित जेसीज सदस्यहरुलाई औषधि ब्यबस्थापन लगायत अन्य स्वास्थ्य सम्बन्धी सेवाका लागि स्वास्थ्यकर्मी तथा उपाध्यक्ष दीपा शिवाकोटीलाई जिम्मेवारी दीइएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।

यस्तै कोरोनालाई जितेर आएका व्यक्तहरुसँग भर्चुअल रुपमा अनुभव साट्ने र सर्वसाधारणलाई उहाँहरुको अनुभव सुनाउने र अन्य ब्यक्तिहरुको आत्मबल बढाउने उद्देश्यले अनलाइनमार्फत ‘जितेकाहरुको कथा (द स्टोरी अफ विनर) कार्यक्रम सञ्चालन गर्नका लागि पत्रकार महासंघ झापासँग सहकार्य गर्ने निर्णय भएको पनि आचार्यले जानकारी गराइन् ।

यसैगरी बैठकले कोरोना कहरका बेला हुने कालोबजारी, मूल्यद्धि, कृत्रिम अभाव आदिमा निगरानी राख्न र अनुगमन बढाउन उपभोक्ता मञ्च, स्थानीय तह, सरोकारवाला निकाय र प्रहरीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यस्तै अनलाइनमार्फत बिभिन्न् तालिम कार्यक्रमहरु सञ्चालन गरिने छ । कोरोना कहर मा घरमा बसिरहेका बिद्यार्थीहरुलाई लक्षित गरी अनलाइनमार्फत बिभिन्न प्रतियोगिताहरु गराउने समेत निर्णय भएको महासचिव हिमा पौडेलले जानकारी दिइन् ।

यसैबीच मार्च महिनाको ‘जेसी अफ द मन्थ’ अवार्ड कानूनी सल्लाहकार संगीता चिमरिया र अप्रिल महिनाको ‘जेसी अफ द मन्थ’ अवार्ड उपाध्यक्ष अर्चना राउतलाई प्रदान गरिएको छ । महिनाभरि उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा वीरता लेडी जेसीजले प्रत्येक महिना जेसीज सदस्य हरलाई अवार्ड प्रदान गर्दै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here