उद्घाटन अगावै चर्कियो वडा कार्यालय भवन

0
837

आकृति तिम्सिना

धरमपुर, २०७२ सालको बिनासकारी भुकम्पपछि निर्माण गरिएका गैर सरकारी,व्यक्तिगत तथा सरकारी भवनहरु भुकम्प प्रतिरोधात्मक हुनुपर्छ भन्ने मान्यता छ ।

त्यसपछि बनाइएका सम्पूर्ण संरचनाहरु भुकम्प प्रतिरोधात्मक मापदण्डको न्यून्तम आधारहरुमा बनाइएका छन भन्ने सरकारी आंकलन रहेको छ ।  तर, शिवसताक्षी नगरपालिका वडा नं १ मा निर्माण गरिएको वडा कार्यालय भवन उद्घाटन हुनु अगावै भुकम्पको कारण कोठाको अधिकांश भाग चर्किएको छ ।


सात वटा कोठाहरु मध्ये सातवटै कोठाहरु ठाडो ,र्तेसो परेर चर्किएको अवस्थामा फेला परेको छ । उक्त संरचना चर्किएपछि तत्कालै मिस्त्रीलाई चर्किएको भागको मेटेरिएल निकालेर हाल चर्किएको भाग भर्ने काम भइरहेको छ । पूर्ण रुपमा निर्माण सम्पन्न नभई यसरी संरचनाहरु चर्कनु मापदण्ड अनूसारको काम नभएको मान्न सकिन्छ ।
बुधबार १ बजेर ५९ मिनेटमा काठमाण्डौ उपत्यका केन्द्र बनाएर ३।५ रेक्टर स्केलको भुकम्प गएको थियो । उक्त भुकम्पको अनूभव झापामा पनि गरिएको थियो । उक्त पराकम्पनकै कारण निर्माणाधिन वडा कार्यलय भवन चर्किएको स्थानीयले बताएका छन् । यो स्केलको भुकम्प पराकम्पनको रुपमा पटक–पटक आउने गरेको छ । उक्त भवन निर्माणको जिम्मा पाएका सतासी निर्माण सेवाका सञ्चालक लोकेन्द्र श्रेष्ठसँग बुभ्दा उक्त संरचना भुकम्पको कारण नचर्किएको बताएका छन् । उनले संरचना निर्माण गर्ने क्रममा सिमेन्ट तथा केमिकलको मात्रा बढी भएर चर्कन सक्ने बताएका छन् ।

कसरी यो संरचना चर्कियो यसको अनूसन्धान भईरहेको छ” उनले भने । बाहिरको पलस्टर मात्रै चर्किएकाले भित्रिरुपमा यसले कुनै असर नगर्ने बताउदै आवश्यक परे पलस्टर फोडेर पुन स् निर्माण गर्न सकिने समेत उनको भनाइ छ । सञ्चालक श्रेष्ठले निर्माण गरिरहेको शिवसताक्षी नगरपालिका वडा नं–३ र शिवसताक्षी वडा नं ६ को वडा कार्यलयमा कुनै समस्या नआएको वडा नं ३ का अध्यक्ष पुण्यप्रसाद सापकोटा र वडा न ं ६ का अध्यक्ष मनोज खुलालले बताएका छन् । यस विषयमा शिवसताक्षी नगरपालिकाका इञ्जिनियर कृष्ण राईसँग बुभ्दा सोलिङ गर्ने क्रममा गल्ति हुदा भित्ता चर्कन सक्ने बताए ।

नगरपालिकाले यो योजना पास गर्ला त रु भन्ने प्रश्नमा काम नलाग्ने गरि चर्किएको भए त्यसलाई पुरै भत्काएर पुन ः निर्माण गर्नुपर्ने उनको भनाइ छ । नगरपालिकाले अनुगमन गर्दा उचित ठहरिए मात्रै यो योजनाको भुक्तानी हुने छ ,इञ्जिनियर राईले भने ।

भुकम्प प्रतिरोधात्मक संरचना निर्माण गरिएको भनिएपनि यत्तिका सानो झड्काले नै पास्टर चर्किएको छ के यो सुरक्षित हुन सक्ला रु भन्ने प्रश्नमा शिवसताक्षी नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुवास राई भन्छन् यो प्राविधीक विषय भएकाले यसको जवाफ नगरपालिका र नगरापलिकाको प्राविधीकले दिनुपर्ने बताए । शिवसताक्षी वडा नं १ को कार्यालय भवन निर्माणको रकम भुक्तानी भइ नसकेकोले अनूगमन पछाडि संरचना कसरी चर्कियो भन्ने बारेमा कार्यवाही अगाडि बढाउने शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताएकी छन् ।

त्यस्तै बरिष्ठ कार्यक्रम अधिकृत प्रकाश चौधरीसँग बुभ्दा स्थलगत निरीक्षणपछि मात्र प्राविधीक कमि कम्जोरीको बारेमा भन्न सकिने बताए । यस विषयमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्मा आफूलाई यो विषयमा जानकारी नभएको बताउदै स्थलगत निरिक्षण गरेर कार्यवाही अगाडि बढाउने बताए । यस संरचनाको लागत ९९ लाखको भएको सतासी निर्माण सेवाका सञ्चालक श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here