कोरोना रोकथामका लागि प्रदेश सरकारबाट रु चार करोड निकासा

0
973

झापा,
प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि रु तीन करोड ८५ लाख निकासा गरेको छ ।
मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकारका अनुसार सरकारले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरका लागि रु ५० लाख, मेची अस्पताल भद्रपुर झापाका लागि रु २५ लाख, जिल्ला अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड–१९ अस्पतालका लागि रु २० –२० लाख, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, मदन भण्डारी तथा ट्रमा सेन्टर र ताप्लेजुङ गरी रु एक करोड ५० लाख, जिल्ला प्रशासन कार्यालय झापाका लागि रु।२० लाख, जिल्ला प्रशासन कार्यालय सुनसरीका लागि रु १५ लाख, इलामका लागि रु १५ लाख, मोरङका लागि २० लाख, ओखलढुङ्गाका लागि रु १५ लाख एवं भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङका लागि रु ५० लाख विनियोजन भई आजै निकासा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here