जेठ १ गतेसम्म मोरङको निषेधाज्ञा

0
785

मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङले आगामी जेठ १ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बैशाख २४ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १ गतेसम्मका लागी अल्पकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो । उहाँले कोभिड–१९ को दोश्रो लहरलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न प्रत्येक स्थानीय तहमा १५ बेड वा सो भन्दा बढी बेड भएको कम्तीमा १र१ वटा अस्पताल तथा आईशोलेसन स्थापना गर्ने निर्णय समेत गरिएको जानकारी दिनुभयो ।

यस्तै बिहीबार बसेको सो बैठकले अस्पताल तथा आईशोलेसन सेन्टरमा डाक्टर, नर्स र अ।हे।ब सहितको टीम तथा एन्टिजेन र अक्सिजनसहितको व्यवस्था मिलाउने निर्णय गरेको छ । कोभिड–१९ महामारीको रोकथाम तथा न्युनीकरणका लागी व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, स्वयंमसेवक परिचालन गर्ने र आ–आफ्नो क्षेत्रभित्र आवश्यकता अनुरुप निसंक्रमणका लागी निर्मलीकरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बैठकबाट जनस्वास्थ्यसँग सम्बन्धित बिषयमा पालना गर्नुपर्ने नियमहरुको सम्बन्धमा माईकिङ लगायत अन्य विधुतीय साधनहरुको उपयोग गरि प्रचारप्रसारका लागी सबै स्थानीय तहहरुलाई परिपत्र गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । उहाँले जिल्लामा आईशोलेसन सेन्टर अति आवश्यक भएकाले सो निमार्णका लागी प्रदेश १ को सामाजिक विकास मन्त्रालयलार्ई अनुरोध गर्ने निर्णय समेत भएको स्पष्ट पार्नुभयो ।

यस्तै बिहीबारको बैठकमा पिसिआर रिपोर्टका लागी आवश्यक पर्ने अटोमेटिक आर।एन।ए एक्ट्राक्सन किट र एन्टिजेन किट लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग माग गर्ने निर्णय भएको छ । साथैै कोभिड अस्पतालको पुरानो भवनमा रहेको बेडलाई सञ्चालन गर्न सांसद विकास कोषबाट कोभिड अस्पताल निमार्णका लागी महानगरपालिकामा प्राप्त रु। ३५ लाख निमार्ण कार्यमा खर्च गर्ने निर्णय समेत गरिएको जनाईएको छ ।

बिहीबार बसेको बैठकमा भने विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुली, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, भैरव गण थलाहा व्यारेक मोरङका प्रमुख सेनानी गणेश रावल, मोरङका प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खडका, सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, उप–अनुसन्धान निर्देशक बिमल घिमिरे र कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दाससहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसअघि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here