प्रदेश १ मा ७९१ जना संक्रमित थपिए

0
573

झापा, नेपालमा पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । विहीवार २०३६७ जनामा पीसीआर परीक्षण गर्दा ८९७० जना र ७७५ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३५२९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७२५६१ जना रहेको छ भने ३१४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा ९–९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१, झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ । प्रदेश १ मा आज १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here