माई नगरपालिकामा एक हप्ता सेवा बन्द

0
658

 

विमल दहाल
माई, बिपत व्यवस्थापन समिति माई नगरपालिका इलामको बिहिबार बसेको बैठकले एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको छ ।

माईका मेयर दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न बैठकले माई नगरपालिकामा मिति २०७८ बैशाख २३ गते राती १२ बजे देखि २०७८ बैशाख ३१ राती १२ बजे सम्मका लागि सेवा बन्द गर्ने निर्णय भएको छ ।
माई नगर भित्र पनि कोरोना भाईरस संक्रमणका बिरामी देखा थाले पछी बिपत ब्यबस्थापनको बैठक बसी सेवा बन्द गर्ने निर्णय भएको हो । बैठकले गत २०७७ बैशाख १६ गते भएको निर्णयलाई कार्यान्वयन गर्दै कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि स्थानीय बजारमा साध्य सामाग्री विक्री गर्ने पसलहरु विहान ६ वजे देखि ११ बजे सम्म खुुला गर्ने निर्णय गरेको छ । बैठकले औषधी पसल बाहेक अन्य सम्पुर्ण पसल बन्द गर्ने समेत निर्णय गरेको जनाईएको छ ।

बैठकले नगर क्षेत्र भित्र यात्रु ओसार प्रसार गर्ने सार्बजनिक सवारी सबधनलाई बन्द गर्ने तर औषधी, खाध्य सामाग्री, दुधको ट्याङ्कर लगायतका दैनिक आबश्यक सामाग्री तथा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनलाई निर्बाधरुपमा चल्न दिने निर्णय गरिएको मेयर थेबेले जानकारी दिनुभयो ।

बैठकमा माई नगरपालिका र वडा कार्यालयबाट दिईदै आएको सेवामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको समेत जनाईएको छ । भिडभाड जम्मा गर्ने खेलकुद तथा मनोरञ्जनको रुपमा लिदै आएको क्यारेमबोर्ड लगायतका खेलहरु समेत बन्देज गरिएको बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here