बेहुला र बेहुलीमै कोरोना संक्रमण

0
615

संखुवासभा , संखुवासभाको मादी नगरपालिका–३, लेलेमा वैशाख २३ गते विवाह गरेको नवदम्पत्तीमा कोरोना संक्रमण देखिएको छ ।
वैशाख २३ गते विवाह गरेका २५ वर्षीय बेहुला र २० वर्षीया बेहुलीमा कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख विदुर लिङ्थेपले जानकारी दिएका छन् ।
विवाह भएको दुई दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा संक्रमण देखिएको हो । उनीहरुमा ज्वरो र रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।
पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका उनीहरु १५ दिन अघि मादी आएका थिए । उनीहरुको घरमा २३ गते विवाह र पुराण एकैसाथ भएको थियो । विवाहमा तीन सयभन्दा बढी सहभागी भएको अन्य सहभागीलाई पनि सजक रहन मादी नगरपालिकाले अनुरोध गरेको छ ।
जोखिम बढेपछि गाउँ नै सिल गरी स्वाब संकलनका लागि स्थास्थ्यकर्मीको टोली परिचालन गरिएको नगर प्रमुख लिङ्थेपले बताए । संक्रमित देखिएका दम्पतीलाई चैनपुरमा राखिएको छ । संखुवासमा अहिले एक सय बढी कोरोना संक्रमति रहेका छन् ।
संक्रमण बढ्दो रुपमा भएपनि विवाह, पुराण, पुजालगायतका धार्मिक कार्य अझै रोकिएको छैन । भीडभाडमा स्थास्थ्य मापदण्ड नअपनाउँदा जिल्लामा संक्रमण बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
संक्रण बढेसँगै जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबार रातिदेखि जेठ २ गते सम्मका लागि निशेधाज्ञा जारी गरेको छ । संक्रमण रोक ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार जिल्लभर लागू हुने निषेधाज्ञा जारी गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here