झापा, विर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी ५० शय्याको आइसोलेशन तयार पारेको छ ।
मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन तयार पारिएको नगरपालिकाले जनाएको हो ।
बढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी आइसोलेशन तयार गरिएको र आवश्यक भए यसलाई बढाएर लैजाने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।
यस आइसोलेशनका लागि हाललाई २ जना स्वास्थ्यकर्मी छुट्याइएको छ । नगरपालिकाले यसअघि नै अनारमनीमा रहेको नगर अस्पतालमा अक्सिजनसहित ५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।































