झापा, झापाको कन्काई नगरपालिका– ३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका– ७ निवासी ७१ बर्षीया कमला माया कामीलाई ठक्कर दिंदा कामीको घटनास्तलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको बताइएको छ ।






























