भारत बायोटेकले अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने

0
750

झापा,
विश्वभर कोभिड–१९ को अभाब भइरहँदा कोभिड–१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ ।

कम्पनीले कोभ्याक्सिनको उत्पादनलाई बढाउन अन्य खोप निर्माण कम्पनीले खोप उत्पादन गर्न अनुमति पाउने तर खोप उत्पादन गर्दा ‘बायोसेफ्टी लेभल–३’ ल्याबमा उत्पादन गर्नुपर्ने शर्त राखेको छ ।

नीति आयोगका सदस्य डा भी।के। रावलले भन्नुभयो, “मानिसहरूले कोभ्याक्सिनलाई अन्य कम्पनीबाट उत्पादन गर्न दिनुपर्ने बताएका छन् ।

कोभ्याक्सिन खोपको निर्माण कम्पनी भारत बायोटेकले ब्यवस्थित ल्याबले उत्पादनका लागि छलफल गर्न चाहेमा यसको हामी यसको स्वागत गर्दछौँ । सबैलाई होइन सुरक्षा तहको प्रत्याभूत गर्नसक्ने कम्पनी तथा ल्याबलाई खोप उत्पादनमा सहकार्यका लागि बायोटेक स्वागत गर्दछ ।”

“केन्द्रले खोप उत्पादन क्षमता वृद्धि गर्ने कार्यमा समन्वय गर्न तयार छ,” उहाँँले भन्नुभयो ।

विश्व स्वास्थ्य संगठनलगायतका अन्तराष्ट्रिय संघसंगठनमा कोभिड–१९ विरूद्धको खोप उत्पादक कम्पनीहरूले महामारी नियन्त्रणका लागि खोप निर्माणका लागि आफूमा निहीत उत्पादन अधिकार खुला गर्नुपर्ने भनी बहस चलेका समय भारतीय कम्पनीले उक्त आह्वान गरेको हो । यसलाई सकारात्मक सुरूवातका रूपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here