बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने

0
797

झापा, बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् ।

बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र बैंक र बैंकहरूबीच छलफल भएको थियो । सोही छलफलका आधारमा संक्रमणको अवधिमा बैंकले प्रदान गर्ने सेवाबारे बैंकर्स संघले विज्ञप्तिमार्फत सर्वसाधारणलाई जानकारी गराएको हो ।

संक्रमणको अवधिमा पनि बैंकहरूका सबै एटीएम भने खुला रहनेछन् भने कार्यालय समयभर कल सेन्टर पनि सञ्चालन हुनेछ । यस्तै सेवाग्राहीले बैंकहरूबाट नगद झिक्न पाउनेछन् भने ५० हजारभन्दा कम रकम बैंकमा नगदमा जम्मा गर्न पाइने छैन । ५० हजारभन्दा बढी रकम मात्र नगदमा बैंकमा राख्न पाइनेछ । यस्तै ग्राहकले एउटा बैंकबाट अर्को बैंक वा खातामा रकम स्थानान्तरण गर्न, रेमिट्यान्स लिनरपठाउन र अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक सेवा भने पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here