निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति छुटाउन सिफारिस लिएर नआउनुहोला होला ः कटवाल

0
860

अनिल वाग्ले

बुधबारे,कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलन थालेपछि आज मध्यराती १२ बजेदेखि जेठ ७ गते मध्यरातीसम्म झापामा निषेधाज्ञा जारी गरिएको छ ।

समुदाय स्तरमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलन थालेपछि आज मध्यराती देखि कडाई गरिन लागेको हो । निषेधाज्ञालाई पूर्ण रुपमा लागू गराउन सुरक्षा व्यवस्था कडा पारिने भएको छ । तोकिएका बाहेक सम्पूर्ण कार्य गर्न नपाइने बताइएको छ ।

यसैबिच इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवालले आज मध्यरातीदेखि हुन लागेको निषेधाज्ञालाई कुनै कसर बाँकी नराखी प्रहरीको तर्फबाट काम हुने विस्वस्त पार्दै ‘यो मेरो मान्छे, मेरो आफन्त हो यसलाई छोडिदिनु’ भन्दै सिफारिस नगर्न राजनीतिक दल, जनप्रतिनिधि सहित सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।

‘हामी निषेधाज्ञालाई कडाईका साथ अगाडी बढाउँछौं’ इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कटवालले भने ‘यो समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति छुटाउन सिफारिस लिएर कृपया कोहि नआइदिनु होला ।’ आज इलाका प्रहरी कार्यालय बुधबारेमा भएको एक कार्यक्रममा उनले त्यस्तो भनेका हुन् । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धशान्ति उद्योग वाणिज्य संघका पदाधिकारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, व्यापारीहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here