नबोल्ने बा स्मृति प्रतिष्ठानबाट सिलिण्डर खरिदका लागि सहयोग

0
975

 

झापा, झापाको बुद्धशान्ति–५स्थित नबोल्ने बा स्मृति प्रतिष्ठानले सहारा नेपालको केन्द्रीय कार्यालयमा पुगेर एक सिलिण्डर बराबर १५ हजार रुपैयाँ प्रदान गरेको छ ।

लोकनाथ खतिवडाको स्मृतिमा स्थापित प्रतिष्ठानले यस बर्षका लागि सञ्चालन गरेको ‘स्वास्थ्यका लागि नबोल्ने बा’ कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेश खतिवडाले बताए ।

कोभिडका बिरामीमा प्राण भर्न प्रतिष्ठानले सांकेतिक रुपमा सहयोगको शुरुवात गरेको अध्यक्ष खतिवडाले बताए । खतिवडा, महासचिव रोहित भट्टराईसहितको टोलीले एकका लागि एक अभियानको सचिवालयमा गोपाल भट्टराईलाई उक्त रकम प्रदान गरेका थिए ।
एकका लागि एक अभियानको आव्हान अक्सिजन बैंक स्थापनाका लागि गरिएको ‘एक व्यक्ति एक सिलिण्डर सहयोग आव्हान’ अन्तर्गत अक्सिजन बैंक स्थापनाका लागि सहयोग जुट्न शुरु गरेको हो ।
विभिन्न व्यक्ति तथा संस्थाले प्रति सिलिण्डर १५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेका हुन् । कोरोना भाइरसको महामारीमा जीवन रक्षाका लागि अभियानले चार सय वटा अक्सिजन सिलिण्डरसहित अक्सिजन बैंक स्थापना गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

अहिले अक्सिजनको अभावमा धरै संक्रमितले अचानक ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरेर मानवताको सेवाका लागि अक्सिजन बैंकको अवधारणा अघि ल्याइएको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here