हरिकृष्ण भण्डारी
झापा,
यतिबेला कोरोना त्रास सर्वत्र छाइरहेका बेला फुर्सदको समय कसरी कटाउने भन्ने अन्यौल छ । तर नुवाकोटका पवन प्याकुरेल भने यतिबेला चित्रकलामा व्यस्त छ्न् ।
नुवाकोटको विदुर नगरपालिका घर भएका उनी हाल काठमाण्डौ बालाजु बसि पशु प्रजनन बिषयमा स्नातकोत्तर अध्ययनरत छन् ।
तरुण मा।वि, बालाजुबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेका उनले मूल विषय कृषि लिई लमजुङ क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरे ।
सानै उमेरदेखि चित्रकलाका सौखिन पवनले हालसम्म २ सय भन्दा बढी चित्र बनाइसकेको बताए ।
कोरोनाको दोश्रो लहर बिच पनि उनले कयौँ चित्र बनाइसकेका छ्न् । अहिले उनी काठमाण्डौ बाट गाउँ फर्किएका छ्न् । फुर्सद निक्लना साथ चित्र बनाइहाल्छ्न् ।
उनले मुख्यतः पेन्सिलर कलर पेन्सिल स्केच ,वाल पेन्टिङ , ल्यान्डस्केप क्यान्भास पेन्टिङ, जल रंग पेन्टिङ हाल गर्दै आएको उनले बताए ।
उनी भन्छन्, ञसबैलाई चित्रकला, चित्र र चित्रकारको महत्त्व बुझाउन सामाजिक संजालमा आफुले बनाएका चित्र पोस्ट गर्ने गरेको छु । रु १ हजार , ५ सय र १ सय नोटको मेरो चित्र एक समय भाइरल भएको थियो झ। शुभचिन्तकबाट आएका प्रतिक्रियाले अझ उत्प्रेरणा मिल्छ । जनमानसलाई चित्रकलाबारे बुझाएपछि अर्डर पनि बढ्न थालेको पवनको अनुभव छ । उनको आदिकवी भानुभक्त आचार्यको चित्र पनि सर्वाधिक चर्चामा छ ।
स्वअध्ययनबाटै चित्र बनाउन थालेका पवनले निरन्तरको लामो अभ्यासबाट नै आफू पोख्त बनेको सुनाउँछन् ।
सानै देखि पवनले चित्र कोरेरै धेरै प्रतियोगितामा समेत उच्च स्थान ल्याइसकेका छ्न् । सानामा चित्र बनाउदा धेरै बिगारेको कथा सुनाउछ्न् तर अथक मेहनत र प्रयास पछि निरन्तर बनाउँदै जादा हात बस्यो, बानी पर्यो । उनी भन्छ्न् ञअहिले मनको डर भाग्यो, धेरै जनाको बीचमा बनाउन कत्ति पनि संकोच लाग्दैन ।’ विभिन्न कार्यक्रममा आफुले निर्णायकको भुमिका समेत निर्वाह गरेको उनले बताए ।
उनले लकडाउनको फुर्सदको समयमा ईन्टरनेटमा अध्ययन गर्दै समयको रचनात्मक सदुपयोग गर्दैछ्न् । भन्छन्, ‘बाहिर निस्कने अवस्था नभएकाले चित्र कोर्दै घरमै दिन बित्छ ।’
लकडाउनकै अवधिमा पनि उनले कयौँ चित्र पनि बनाइसकेका छ्न् ।
आफू मरेर गए पनि आफुले बनाएका चित्रहरु घर र कार्यालयको भित्तामा सदैव जीवित रहने उनी बताउँछन् ।
पवनले चित्र बनाए बापत न्यूनतम १५ सयदेखि ५ हजार रुपैयाँसम्म मूल्य लिन्छन् । ‘कलाप्रेमीको मागअनुरूप बनाइरहेको छु,’ पवनले यतिबेला चित्रकलाबाट मनग्ये आम्दानी भइरहेको पनि बताए ।
विदेशमा जस्तो कलाका पारखी यहाँ अलि कम हुने गरेका कारण यसको अझ प्रचार हुन सके कलाले उचित स्थान पाउन सक्थ्यो भन्ने उनको ठम्याई छ ।
कोरोनाको दोश्रो लहर छाए संगै उनमा पनि कोभिड पोजेटिभ देखियो । तर उनले चित्र कोर्दै आत्मबल उच्च बनाएरै त्यसलाई परास्त परे । भन्छ्न् ञ मेरो मनमा कतै त्रासको भाव आउदै आएन , आइसोलेसनमा बसेका बखत म चित्र कोर्नमै ब्यस्त थिएँ ।
परिस्थिति जस्तो भए पनि मनस्थिति बलियो बनाए कोरोना जित्न सकिने उनी सल्लाह दिन्छ्न् ।































