आरपी सहयात्री
युएई, वैशाख
युएईको नेपाली साहित्यिक क्षेत्रमा सक्रिय साहित्यिक संस्था सिर्जना वाचन डबलीले आफ्नो कार्यक्रममा सहभागी अतिथिहरुलाई प्रशंशापत्रले सम्मान गरेको छ ।
आफना सिर्जना सुनाउने र अरुका रचना सुन्ने एक अन्तर्कियात्मक कार्यक्रम गर्दै आएको यो साहित्यिक समुहले विगतका आफ्ना भौतिक र भर्चुअल कार्यक्रममा सहभागी ३४ जना विविध विधाका व्याक्तित्वहरुलाई सम्मान गरेको डबलीका संस्थापक साहित्यकार टक गुरुङले जानकारी दिएका छन् ।
यसरी सम्मानित हुनेगरुमा साहित्यकारदेखि लिएर पत्रकार र गायक समेत रहेको कार्यक्रम प्रस्तोता तथा युवा कवि श्री भवानी नेपालले बताएका छन् ।
डबलीका विगतका कार्यक्रमहरुमा विविध विधामा कार्यरत अतिथिलाई प्रत्यक्ष वा अनलाइन विधिबाट निम्त्याएर योगदान गर्नेहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा
कलाकार नारायण त्रिपाठी ुप्रेमचरोु, सञ्जय सुमन, आँचल कुमार शर्मा, बादल शाही रशंकर चोखाल
, श्रीकृष्ण लुईँटेल ुबोकेदाह्रीु, मीना श्रेष्ठ, कृष्ण पराजुली, डि।एन मगर ुउपहारु, विनय सरगम र किरण सिवा, रोमु अधिकारी, अनन्त अनुराग, जनक कार्की र दीक्षा भण्डारी ुजानूु, मन्जुश्री गिरी र तिला लेकाली, प्रदिप रोदन, राजन नेपाल, दुष्यन्त भट्टराई र माधव बिडारी, बिकेश कविन र सुदर्शन पौडेल, अच्युत घिमिरे ुबुलबुलु
, जे सागर, रामप्रसाद ढुंगेल, नरेश सेन, सावित्रा अधिकारी, रोशन परियार, परिक्रमा श्रेष्ठ र कुमार प्रधान ुकल्पितु, राजेशराज गड्तौला र सुमित्रा सुमी, किशोर कोइराला र दीपक मुडभरी ुमित्रु रहेका छन् ।
कार्यक्रमको पहिलो शृङ्खलादेखि २५ औं शृङ्खलासम्मका अतिथिहरुलाई कदर स्वरूप सम्मान गरिएको कार्यक्रमका संयोजक तथा गजलकार जे सागरले जनाएका छन् ।
सन् २०१४ को अन्त्यमा शुरु भएको यो साहित्यिक अभियान अहिले कोरोना कहरबीच पनि निरन्तर सुचारु रहेको छ । कुनै पद विभाजन नगरी, आसनग्रहणको लम्बेतान शैलीलाई परिमार्जन गरी नेपाली साहित्यका विविध विधालाई मलजल गर्ने यो समूहले नेपालबाट साहित्यकार तथा गायकहरुलाई युएई ल्याएर स्तरीय कार्यक्रमहरु सम्पन्न गरेको छ । कोरोनाको फैलावटले खुम्चिएका हरेक क्षेत्रमध्ये साहित्यिक क्षेत्रको गोडमेल गर्न सिर्जना वाचन डबलीलाई जीवन्तता दिन श्री भवानी नेपालले सातामा एक दिन नियमित रुपमा अनलाइन कार्यक्रम संचालन गरेका छन् । नवीन जमघट स्थल हो । अक्षरहरुको आवाज लिएर साहित्यका कविता गजल, मुक्तक, लघुकथा आदि विविध विधामा समसामयिक रचना सुन्न र सुनाउन पाइने यो समूहले विगत ६र७ वर्ष अगाडिदेखि आफुलाई क्रियाशील बनाएको छ ।
कुनै समय नेपालबाट साहित्यकार तथा गायकहरु बोलाएर कार्यक्रम गर्ने हैसियत बनाएको यो समुह हाल कोरोनाको महामारीको परिवर्तित वातावरण बीचमा पनि अनलाइनको माध्यमबाट उतिकै सक्रिय र जागरुक छ ।
साहित्य वा अन्य विधामा कार्यरत स्वदेश तथा विदेशमा कार्यरत सर्जकहरुलाई साप्ताहिक रूपमा बुधबार नेपाली समय ५ बजेदेखि भर्चुअल विधिमार्फत कार्यक्रम प्रस्तोता श्री भवानी नेपालले अतिथिका रूपमा आमन्त्रित गरेर सूचना, जानकारी र साहित्यिक खुराक पस्किरहेको यो समुहमा गजलकार घायल दिपक कार्कीले पनि शनिबार फेसबुक लाईभ मार्फत कार्यक्रम गर्दै आएका छन् ।






























