झापा, बढ्दै गईरहेको कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न गौरीगंज गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पताललाई सहयोग पुग्ने उद्देश्यले लुथरन विश्व फेडेरेसन नेपालसंगको सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजालले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । संजालका अध्यक्ष सोमनाथ भट्टराईले गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई उत्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
संस्थाले ५ थान बेडसिटसहित बेड,५ थान आई भि स्टाण्ड, तन्ना, सिरानी, ४१ जना विरामीका लागि पौष्टिक आहार, ग्लाससहित भाईजर, पीपीई, मास्कलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
सोही अवसरमा संस्थाका अध्यक्ष सोमनाथ भट्टराई , कार्यक्रम संयोजक कुमार चुडाल, गौरीगंज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, स्वास्थ्यकर्मी अविनास सिंहलगायतको उपस्थिति थियो । त्यसैगरी संस्थाले झापा गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । गाउँपालिकालाई कोभिडका विरामीका लागि वेड, , पौष्टिक आहार र ८० वटा एन्टीजेन्ट किटसमेत प्रदान गरेको थियो ।
हस्तान्तरण पश्चात् गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ , संस्थाका अध्यक्ष सोमनाथ भट्टराई, कार्यक्रम संयोजक कुमार चुडाल, स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्र, अविनास सिंहलगायतले कोरोना संक्रमित कै घरमा पुगेर पौष्टिक आहार प्रदान गरेका थिए । बदाम, काजु किसमिसलगायतका ड्राई फुडको प्याकेट विरामीका परिवारलाई प्रदान गरिएको थियो । गाउँपालिकाका ४१ जना कोरोना संक्रमितका लागि संस्थाले पौष्टिक आहार हस्तान्तरण गरेको हो । गाउँपालिकाका ४१ जना संक्रमितका घरमै पुगेर स्वास्थ्यकर्मीसहित पौष्टिक आहार पुर्याउने र उनीहरूलाई स्वास्थ्य परामर्श दिईने गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।






























