झापा,राष्ट्रिय समाचार समिति (रासस) मेचीकी प्रमुख अम्बिका भण्डारीलाई पितृशोक परेको छ ।
भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान इलाममा निधन भएको हो । इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङ निवासी ९५ वर्षीय भण्डारीको निजी निवासमै निधन भएको हो ।
प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य तथा नारी सञ्चार गृह झापाकी निवत्र्तमान अध्यक्ष समेत रहनु भएकी पत्रकार भण्डारीका पिता दुई महिना अघि घरमै लड्दा दाहिने खुट्टाको कम्मरमुनिको जोर्नी खुस्किएको थियो ।
स्व. भण्डारीका ५ जना छोरा र ९ जना छोरी गरी १४ सन्तान छन् । ज्वाइँहरुमध्ये दुई जना मोहन काजी र मुक्ति पौडेल पत्रकार हुनुहुन्छ । –––































