मेचीका कोरोना सङ्क्रमितलाई हर्लिक्स

0
742

झापा,
मेची अञ्चल अस्पताल भद्रपुरमा कोरोना भाइरसबाट संक्रमित भई उपचाररत ५५ जनालाई हर्लिक्स वितरण गरिएको छ । आज जेठ १ गते हरहर महादेवको सहयोगमा प्राप्त हर्लिक्स सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले वितरण गरेको हो । कोरोना भाइरसले कमजोर बनाउने भएकोले बिरामीलाई सहयोग पुगोस् भन्ने हेतु हर्लिक्स वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका अध्यक्ष शिला खड्काले बताइन् ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष खड्का, महासचिव दीपक अधिकारी, कार्यसमिति सदस्य मनोज श्रेष्ठको टोलीले मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना वार्डका इन्चार्ज ऐश्वर्य राईलाई हर्लिक्स हस्तान्तरण गरेका थिए । इन्चार्ज राई आफूले बुझेको हर्लिक्स सबै बिरामीसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here