टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

0
750

टीकापुर,
कोरोना सङ्क्रमणका बिरामीको चाप झेलिरहेको कैलालीको टीकापुर अस्पताललाई भुल एकता समाजले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।
कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई देखेर प्रवासमा सहयोग सङ्कलन गरी अस्पताललाई सिलिण्डर हस्तान्तरण गरिएको हो । समाजमा आबद्ध भई भारतमा रहेका नेपालीको सहयोग र नेपालमा रहेका व्यक्तिको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको एकता समाजका पदम भुलले जानकारी दिनुभयो ।
थप छ जनाको मृत्यु
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उपचाररत कैलालीका ५ र बैतडीका १ जना सङ्क्रमितको मृत्यु भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी नगरपालिका–१० कै ६४ वर्षीय पुरुष र गोदावरी नगरपालिका–१ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here