छुरा प्रहार गरी हत्या, हत्यामा संलग्न ३ जना पक्राउ

0
1500

मोरङ,

मोरङ लेटाङ– ३ त्रिशुली चोक स्थितमा सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरी हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय सुशील दर्जी, २० बर्षीय दिलबहादुर लिम्बू र भुपाल लिम्बू रहेका छन् ।

शुक्रबार राति पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरी घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको छ । छुरा प्रहार गरेर फरार रहेकाहरुको ईलाका प्रहरी कार्याल लेटाङबाट प्रहरी नियन्त्रणमा लिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here