झापा, प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ ।
झापा क्षेत्र नं १ ‘ख’ का प्रदेशसभा सदस्य बुढाथोकीकी ८६ वर्षीया आमा नरमाया वुढाथोकीको गएराति १०.१५ बजे कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए । यस अघि उनको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार गरिएको थियो ।
आमाको उपचार वीएण्सीमा गराउँदै आएका सांसद वुढाथोकीले अस्पताल महंगो भएको भन्दै सामाजिक सञ्जाल फेसवुकमा लेखेका थिए । बीएण्डसी अस्पतालबाट आमालाई डिस्चार्ज गराएर उनले पुनः आमाको उपचारका लागि बिर्तासिटी अस्पताल ल्याएका थिए ।




























