झापा गाउँपालिकामा कोरोनाबाट थप एकको मृत्यु

0
601

केशब चापागाईं
शरणामती,झापा गाउँपालिका६ आदर्स टोलकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।

क्यान्सर रोगले समेत पिडित महिलाको होम आइसोलेसनमै शनिवार बेलुका ७ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिनुभयो।मृतक महिलाको शब नेपाली सेनाद्वारा आइतबार बिहान ८ बजे नजिकैको सानो माई नदिमा अत्यष्टि गरिने बताइएको छ।

यो संगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here