स्वस्थ्य सामाग्री सहित प्रेस चौतारीको टोली संक्रमित पत्रकारको घरघरमा

0
671

झापा,स्वस्थ्य सामाग्री सहित प्रेस चौतारी नेपालको टोली संक्रमित पत्रकारको घरघर पुगेको छ ।
कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि आवश्यक स्वस्थ्य सामाग्री सहित चौतारीको टोली संक्रमित पत्रकारको घर–घरमा पुगेको हो ।

प्रेस चौतारी नेपाल झापा शाखाले झापाका सबै संक्रमित पत्रकारको घर घरमा पुगेर स्वस्थ्य लाभको कामना गर्दै स्वास्थ्य सुरक्षाका लागी आवश्यक पर्ने भ्यापुलेटर,माक्स र सेनेटाईजर प्रदान गरिएको प्रेस चौतारी नेपाल झापाका अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिनुभयो ।
स्वस्थ्य सामाग्री प्रदानका क्रममा संक्रमित पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आगामि दिनमा पत्रकारलाई थप सहयो रसमन्वय गर्नुपरेमा प्रेस चौतारी नेपाल सदैव तयार रहेको प्रेस चौतारी नेपाल प्रदेश कमिटी सदस्य मिनप्रकास उप्रतीले बताउनु भयो ।
यसैवीच चौतारीले झापामा रहेर सक्रिय पत्रकारीता गर्ने १० जना संक्रमित पत्रकारको घर घर मा पुगेर स्वस्थ्य लाभको कामना गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ । पत्रकारहरु सन्तोष आचार्य, पर्वत पोर्तेल, राजु अधिकारी, गोपाल काफ्ले, नरेन्द्र ढकाल, भीमा शिवाकोटी, पुष्प बराल, गोपिन पोख्रेल, विगम श्रेष्ठ विरु दर्नालको निवासमै पुगेर स्वस्थ्य सामग्री प्रदान गरिएको हो । उक्त सेवा प्रदान गरिएको हो ।
हाल ओम आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेका सबै पत्रकारले चौतारीे टोलीलाई धन्यवाद ज्ञापन गर्दै आफूहरुको मनोबल उच्च बनाउन सहयोग पुग्ने संक्रमित पत्रकारले बताउनु भएको छ ।
हाल सम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । एक जनाको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here