बुधबारे जेसीजको ‘मेरो पनि योगदान छ’ अभियानमा बिनोद नेम्वाङको १० हजार सहयोग

0
644

 

बुधबारे, आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–३ का बिनोद नेम्वाङले १० हजार रुपैयाँँ सहयोग गरेका छन् ।
नेम्वाङ बुधबारे जेसीजका सदस्य समेत हुन् । बुधबारे जेसीजले उनको संयोजकत्वमा यो बर्ष लागूऔषध न्यूनीकरण अभियान संचालन गरिरहेको छ ।

बुधबारे जेसीजको भवन निर्माणका लागि विभिन्न दाताबाट सहयोग जुटिरहेको भवन निर्माणका लागि बनेको आर्थिक समिति संयोजक दिपेन सिटौलाले बताएका छन् ।

५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीनतले भवन निर्माणका बुद्धशान्ति – १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले बुद्धशान्ति– १ को नमुना चोकमा १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । सोहि ठाउँमा भवन बन्न लागेको हो ।

बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याएपछि भवन निर्माणका लागि सहयोगी हातहरु अधि बढ्न थालेका छन् ।

भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुने गरी भवन निर्माण कार्य सम्पन्न गरिने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । सबैलाई भवन निर्माणमा सहयोग गर्न बुधबारे जेसीजले अपील समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here