पूर्वीनाका १५ दिनका लागि पूर्णरुमा बन्द: भारततर्फबाट आवतजावतमा कडाई

0
908

लक्ष्मी उप्रेती

मेचीनगर, विश्वभर महामारीका रुपमा रहेको कोभिड १९ (कोरोना) को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टा नाका १५ दिनका लागि पूर्णरुमा बन्द हुने भएको छ । भारतमा पछिल्लो समय कोभिड १९ को संक्रमण र मृत्युदर उच्च रहेकाले कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएको जनाउँदै भारतको पश्चिम बंगाल सरकारले नाका पूर्णरूपमा बन्द गर्ने जनाएको हो ।

मुलुकको पूर्वी सीमा नाका झापाको काँकरभिट्टा भारतको पश्चिम बंगाल पानीट्याँकीस्थित रानीगञ्ज नाका सँग जोडिएको छ । पश्चिम बंगाल सरकारले जेठ २ देखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जनाउदैं सोमबार विहानैबाट नेपाल भारत जोड्ने मेचीपुलको भारततर्फ मुख्य सडकमा ठाट लगाएर मानिसको अवत जावतमा रोक लगाएको नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन् । अहिले मेची पुलमा मानिसको आवगमन ठप्प रहेको नेपाली अधिकारीहरुले जनाएका छन् । पश्चिम बंगाल सरकारले जेठ २ देखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जानकारी नेपाल पक्षलाई गराईसकेको छ ।

जेठ २ देखि १६ गते बिहान ६ बजेसम्म मानिस आवतजावत निषेध गरिएको जानकारी नेपाल पक्षलाई आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो । त्यो अवधिमा

औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सिजन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधनको आयात ठप्प हुने बताइएको छ । पश्चिम बंगाल सरकारले सो अवधि थप हुनसक्नेसमेत सकेत समेत गसिकेको छ ।

भारतीय पक्षले नेपाली तथा भारतीय नागरिक तथा अन्य सबै प्रकारका सवारी साधनसमेतलाई आवतजावतमा पूर्ण रोक लगाइदिन झापा प्रहरीलाई भनेको छ । पश्चिम बंगाल सरकारले नेपालका अन्य जिल्लाबाट समेत झापाको काँकरभिट्टा नाका हुँदै भारत जान स्वदेशी तथा विदेशी नागरिक र सवारीसाधन आउन सक्ने भएकाले सम्बन्धित ठाउँमा जानकारी गराउन समेत अनुरोध गरेको प्रवक्ता थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here