सरम सकिएको सरकार

0
949

रवीन मैनाली

यो द्वन्द्व हो। स्वास्थ द्वन्द।आज बिश्व कोरोना भाइरस सग स्वस्थसगको लडाइँ लडिरहेको छ। विश्व त्रसित पार्ने यो भाईरसले संसारका हर औसधिलाई पराजित गरेको छ। यसले बिज्ञानलाई त्रसित बनाएको छ जस्ले गर्दा यसलाई बहसमा लिन सकिएको छैन। तीब्र गतिमा बडेको यो भाइरसको सङ्क्रमणले बिश्व स्वस्थसग आफ्नो हुकुम चलाहिहरेको बेला यो घडीमा स्वास्थ द्वन्द्व सग हामी नेपालीहरु पनि उच्च जोखिम मा रहन पुग्यौं। सुरक्षीत रहन सकेनौ।

नेपालमा लाखौं जनतामा सङ्क्रमण भएको यो कोरोना भाईरसले यतिबेला तीब्र गति लिएको छ। धेरैको ज्यान भकाभक रुपमा लिई रहेको छ। जसले गर्दा बिश्वको उच्च जोखिम रहेको देशहरुमा नेपाल पनि पर्दछ। यो स्वस्थ्य द्वन्द्व सगसगै हामी नेपाली नागरिकले राजनीतिक द्वन्द्व पनि सगसगै झेलीरहनु परेको छ । कहिले के कहिले के राजनीति वृतचित्र र समीकरण स्थिर रहन सकेको छैन। यो महामारीको भयावह समयमा राजनीतिको चपेटामामा नेपाली जनताको स्वस्थ्यलाई मुसिएको छ। जनताको स्वस्थसग लापरबाही र खेलवाड गरिएको छ। सरम सकिएको सरकारको औसधि र खोपमा कुटनीति कमजोर रहदा यो भयावह परिस्थितिलाई आज नेपाली जनताले झेल्नुपरेको हो। नेपाली जनताले अस्पतालका बेड,पेटी,आगनमा बसेर उपचारको आस गर्दै गर्दै मृत्युलाई अंगल्नु परेको आजको परिस्थिति बनेको छ। यो परिस्थिति त्यतिकै बनेको होईन यो बनाईएको परिस्थिति हो। यो परिस्थितिको सृजना सरम सकिएको सरकारले गरेको हो। सतर्कता अपनाउन नसक्नु र सरकारले पनि देश, नागरिक र महामारीलाई हलकामा लिनु नै उच्च संक्रमणको प्रमुख कारण हो।

आज मुलुकमा यो अवस्था आउन मा प्रधानमन्त्री ज्यु, सम्पुर्ण दलका बरिस्ठ नेता ज्युहरु र कमजोर कुटनीति कोरोनाको जोखिम बढनुको प्रमुख कारण हो। जनतलाई मृत्युको मुखमा पुर्याएर अलपत्र पर्ने र मर्न बाध्य बनाउने यही सरम सकिएको सरकार र नेताहरु हुन।आफ्नो राजनैतिक शक्ति प्रदर्सन गर्न एक लाख र दुई लाख कर्याकर्ता भन्दै भेला, सभा आयोजा गर्दै हिड्ने, कहिले के उद्घाटन र गोष्ठी भन्दै भिड जम्मा गर्ने। लाखौं, हजारौं जनतालाई एउटै प्राङ्गणमा भेला गराएर खोस्टो तुजुक देखाउने अनि ऐले तिनै जनता र कार्यकर्ता कोरोनाले प्याक प्याक भएर बाटो बाटोमा डल्दा आफ्नो सुरक्षा आफै गर भन्नेरुरुजनता को उपचारमा बजेट खर्च नगर्ने, कताबाट आफुलाई कमिसन आउछ उतै तिर र्याल चुहाउने, नेपाली जनताको इम्युन पावर धेरै छ भन्दै स्वस्थ्यसग मजाक गर्ने, ऐले आएर कोरोनाले भयावह रुप लिदैगर्दा मैले यो गतिमा कोरोना बढ्ला भनेर सोचेको थिईन भन्ने, कति सजिलो जवाफ१११

इम्युन पावर धेरै छ सरकार नेपाली जनताको अब उनिहरुलाई कुनै औषधी खाए बिना नै रोग पचाउन सक्छन। इम्युन पावर धेरै छ नेपालीहरुमा यो निषेधाज्ञामा केहि नखाई र बाल बच्चालाई केहि नखुवाई नै बाच्न सक्छन। बस तिमि आफ्नो कुर्सीको ख्याल राख। जनताका लागि औषधी उपचारमा अलिकति पनि सोचेर समय बर्बाद नगर, तिमि कता बाट कति कमिसन आउछ त्यता ध्यान देउ , अरे वा सरकार अस्पतालको पेटीमा गएर हेरि त हेर तिम्रो देश र जनता प्रतिको दायित्व र जिम्मेवार देखेर मर्ने बेलामा पनि नेपाली जनताले तिमीलाई धारे हात पारेर सलाम ठोक्दै छन । जनताको स्वस्थसग खेलबाड गरेर गरेको तिम्रो घिन लाग्दो खेल र फोहोरी राजनीतिले कर्मको फल एकदिन पक्कै पाउने छ।

यो महामारीमा लाखौं जनताको रुवाइ र दुखाई नसुन्ने नदेख्ने सरम सकिएको सरकार आखामा पट्टि लगाएर र कानमा रुवा खादेर अझै कतिन्झेल सम्म देश र जनता प्रती निर्दयी बन्न सक्छरु अझै कति तिम्रो जनतालाई मुत्युको खाडलमा धक्ल्ने सपना छरु यस्तो महामारीमा आफ्नो कुर्सी र पदका लागी सयौं भेला र सभा गर्न पछि नपर्ने निर्दय सरकार कतिन्झेल चुप लागेर मरेका जनताको संख्या गन्दै बस्छरुरु

चीन, भारत, रसीयाको मुख ताकेर बस्दा नेपाली जनताले समयमा खोप लगाउन पाउलान त सरकाररु लगभग तिनलाख जनताले पहिलो चरणको खोप लगाए बाकी खोइरु यो अवस्थामा आफू केहि नगर्ने अनि छिमेकीहरु सग मुख ताकेर बस्न अलिकति पनि सरम बचेको रहेन छ तिमिमा१ तिम्रो यो दुई कौडीको सान र बोली के का निमित्तरु खोस्टो तुजुक के का निमित्तरु कुर्सीमा बसेर जनतालाई लात्तो देखाउने सरम सकिएको सरकार अस्पताल र अस्पतालका पेटीमा गएर हेर अकालमा ज्यान गुमाएका ती गरिब र लाचार जनताको आँसुको मुल्य आज नभए त भोलि चुकाउनै पर्छ। आँखा अगाडि सङ्क्रमण र मृत्युु दर बढी रहदा अस्पतालहरु उपचार गर्नमा हात उठाउने अवस्थामा पुगे। कहि दक्ष जनशक्तिको अभाव,कहि औषधी, अक्सिजन, भेन्टिलेटर, आईसियुको अभाव। यस्तो अवस्था देखीरहदा प्रधानमन्त्री ज्यु भन्नू हुन्छ आत्तिने समय छैन, अस्पतालमा प्रसस्त बेडहरु छ्न। अक्सिजन, भेन्टिलेटर, आईसियु, एम्बुलेन्सको अभावले उपचार नपाएर अकालमा ज्यान गुमाएका ती जनताहरुको पिडा र आसुले तिमिलाई पनि सुख दिने छैन सरकार। खिस्स हास्दै क्रुर्सीमा बसेर मरेका जनता गन्न मात्र बनेको तिम्रो कुर्सीले एक दिन तिमीलाई नै लडाउने छ। हेर्दै जाउ जस्तो कर्म उस्तै फल पाउने छौ। कर्म अनुसारको फल त बिधिको बिधान नै हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here