मोरङ।

मोरङको बुढीगंगा गाऊँपालिका–३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् । सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षीण तर्फ जादै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक सुनसरी ईटहरी–७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।






























