छठ महिला मञ्चद्धारा पत्रकार महासंघलाई मास्क प्रदान

0
1149

बिर्तामोड । छठ महिला मञ्च बिर्तामोडले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि कोरियन मास्क प्रदान गरेको छ ।

छठ समाज सेवा समिति बिर्तामोडको समन्वयमा मंगलबार बिर्तामोडमा छठ महिला मञ्चले उक्त मास्क प्रदान गरेको हो ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई छठ महिला मञ्चकी अध्यक्ष हेमलता चौधरीले एक हजार पाँच सय थान मास्क हस्तान्तरण गरेकी हुन् ।
मञ्चकी महासचिव निशा सोनी कर्ण, छठ समाज सेवा समितिका निवर्तमान अध्यक्ष घनश्याम चौधरीले संकटको घडीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क प्रदान गरिएको बताए ।
संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले छठ महिला मञ्च, छठ समाज सेवा समितिलाई धन्यवाद दिदै अन्य दातालाई पनि सहयोगका लागि अपिल गरेका छन् ।
कार्यक्रममा छठ समाज सेवा समितिका अध्यक्ष राजकुमार गुप्ता, सदस्य अशोक चौधरी, छठ महिला मञ्चकी उपाध्यक्ष संगीता साह, सदस्य पिन्की शर्मा, सल्लाहकार मीना चौधरी, पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे लगायतको सहभागिता रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here