एमाले बिवाद समाधान

0
1076

झापा, नेकपा एमालेको पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको पहिलो बैठक भर्खरै सकिएको हो ।

एमाले नेता भीम रावलका अनुसार बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कार्य दल सदस्य शंकर पोखरेलबाहेक सबै सदस्य उपस्थित हुनुभएको छ । आजको बैठकले एमाले कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन बिशेष अपिल गर्ने निर्णय गरेको छ । बैठकले सहमतिहरू निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने निर्णयसमेत गरेको नेता सुवास नेम्वाङले  जानकारी दिनुभयो । ‘कार्यदलको बैठकले सर्वसम्मत रुपमा देशैभर कार्यकर्ताको बीचमा एकताको भावना सञ्चार गराउने निर्णय गरेको छ, बक्तब्यमार्फत नै यस्को जानकारी गराइन्छ,’ एमाले संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले तीन दिनको समय तोकेर जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट नेता नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।  जनता टाइम्सबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here