चीनबाट समेत अक्सिजन सिलिण्डर ल्याइँदै

0
734

झापा,

शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको काम अहिले शान्ति सुरक्षामा मात्र केन्द्रीत छैन । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर शुरु भएसंगै कोरोना सक्रमितको संख्या झापामा ह्वात्तै बढ्नु, अस्पतालमा वेड अभाव हुनु र अक्सिजन सिलिण्डरको समेत चरम अभाव देखिएपछि अक्सिजन सिलिण्डर संकलनमा प्रहरी आफैं जुटेको छ ।


भारतको पश्चिम वंगाल र विहार राज्यसंग सिमा जोडिएको झापामा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १८२ जनाले ज्यान गुमाएका छन् । ८ हजार २ सय २९ संक्रमित मध्ये अझैंपनि ४१७ जना कोभिडको नयाँ भेरियण्डका कारण सिकिस्त विरामी छन् । त्यत्तिनै संख्यामा पूर्वी पहाडी जिल्ला र नेपालका विभिन्न ठाउँबाट हेलिकप्टर मार्फत कोभिडका विरामी ल्याएको छ । उनीहरुलाई मेची प्रादेशिक अस्पताल सहित जिल्लाका विभिन्न कोभिड अस्पतालमा राखिएको छ । तर, उनीहरुका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डरको झापामा चरम अभाव देखिएको छ । जिल्लामा अक्सिजन सिलिण्डरको अभाव देखिएपछि इलाका प्रहरी कार्यालय अनारमनीले अक्सिजन सिलिण्डर सङ्कल शुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार हालसम्म एक सय ८६ वटा अक्सिजन सिलिण्डर सङ्कलन भएको छ ।


प्रहरीले संकलन गरेका सिलिण्डर मध्ये बिर्तामोडको विएण्डसी अस्पतालमा धेरै खपत हुने गरेको छ । त्यस्तै बिर्तासिटी अस्पताल, मेची प्रादेशिक अस्पताल र बिर्तामोड नगर अस्पतालमा समेत अक्सिजन सिलिण्डर जाने गरेको कपुरी व्रदर्स इन्टरप्राइजेजका सञ्चालक किरण कपुरीले बताउनुभयो । प्रहरीले संकलन गरेर ल्याएका खाली अक्सिजन सिलिण्डरलाई भर्दै अस्पतालको माग अनुसार पठाउने गरेको कपुरीको भनाई छ ।
जिल्लामा अक्सिजन सिलिण्डरको चरम अभाव देखिएपछि चार सय सिलिण्डर चीनबाट ल्याइने भएको छ ।
‘एकका लागि एक अभियान’ले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत ४८ लिटर क्षमताका चारसय सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने अभियानका संयोजक महेन्द्र कुरमा गिरीले बताउनुभयो । चार सय थान सिलिन्डर खरिदका लागि लागि ढुवानीसहित ६० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
‘एक व्यक्ति अएक सिलिण्डर’ अभियान मार्फत अक्सिजन सिलिण्डर खरिदका लागि हालसम्म ३० लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here