ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

0
955

सोलुखुम्बु।

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एक जनाको मृत्यु भएको छ ।

मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो ।

मृतक शेर्पाको शव उनकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here