नेपाली सेनाका प्रमुख सेनानीद्धारा अक्सिजन सिलिण्डरका लागि सहयोग

0
1030

बिर्तामोड । नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमर जंग थापाले अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत सहयोग प्रदान गरेका छन् ।
बुधबार झापाको चारआली व्यारेकमा एक थान अक्सिजन सिलिन्डरबापतको १५ हजार रुपैयाँ रकम हस्तान्तरण गरे ।
प्रमुख सेनानी थापाले अभियानका सदस्य नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र वीरता जेसीजका अध्यक्ष राजीव धिमाललाई सो रकम प्रदान गरेका हुन् ।
झापालीहरुले एकतावद्ध भई मानवीय सेवाका लागि सुरु गरेको अभियान अनुकरणीय रहेको भनी प्रमुख सेनानी थापाले प्रशंसा गरे ।
आफू एकका लागि एक अभियानबाट प्रभावित भएको भन्दै उनले अक्सिजन अभावमा कसैले मृत्युवरण गर्ने अवस्था नआओस भनेर व्यक्तिगत रुपमा सहयोग गरेको बताए ।
यस अघि बिर्तामोड उद्योग वाणिज्य संघ र संघका अध्यक्ष प्रकाश शिवाकोटीको पहलमा ४० वटा सिलिण्डरको रकम जुटेको छ ।
अक्सिजन अभावमा धेरैको ज्यान गइरहेको तथा झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुन थालेपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्र्रकुमार गिरीका अनुसार तत्काललाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद गरिएको र थप सिलिण्डर चीनबाट ल्याउने प्रक्रिया अघि बढाइएको छ ।
यो समाचार तयार पार्दासम्म ३५ लाख रकम संकलन भइसकेको छ ।
अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।
अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए ।
सहारा नेपाल साकोस र अन्तर्राष्ट्रिय झापाली समाजले अक्सिजन वैंकका लागि एक÷एक सय थान अक्सिजन सिलिन्डर प्रदान गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here