वीरता जेसीसद्धारा पाँच वटा अक्सिजन सिलिन्डरका लागि ७५ हजार सहयोग

0
757

बिर्तामोड । गतबर्ष पनि कोरोना महामारी एका लागि एक अभियनले अघिसारेको एक व्यक्ति एक परिवार खाद्ययन्न वितरण देखि कनकाईमा रहेको पिसिआर ल्याव स्थापन गर्न सहकार्य गरेर मानव सेवामा सक्रिय भएर जुटेको वीरता जेसीज यसबर्ष पनि एक व्यक्ति एक अभियनले सुरु गरेको एक व्यक्ति एक अक्सिजन सिलिन्टर संकलन कार्यमा आफ्नो सक्रियता जनाउदै वीरता जेसीजले बुधबार अभियानको लागि पाँच थान अक्सिजन सिन्डिर बापतको रकम हस्तान्तरण गरेको छ ।

झापाका अस्पताल र घर घरमा अक्सिजन अभावमा कष्टपूर्ण ढंगले कोरोना संग लडिरहेका नागरिकलाई अक्सिजन सहयोग गर्ने उदेश्यका साथ सुरु भएको एक व्यक्ति एक अक्सिजन सहयोग अभियानका लागि वीरता जेसीजले पाँच थान सिलिन्डर वापतको ७५ हजार रुपैया हस्तान्तरण गरेको हो ।

एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतलाई वीरता जेसीजका अध्यक्ष राजिव धिमालले उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

संकटको घडीमा सहयोग गरेको भन्दै अभियानका सहसंयोजक बस्नेतले वीरता जेसीजको टिमलाई धन्यवाद दिदै आम झापावासी समुदाय र संघ संस्थाहरुलाई अभियानमा जोडिन अपिल गरेका छन् ।
कार्यक्रममा जेसी जीवन खड्का, पत्रकारमहासंघ झापाका अध्यक्ष एकराज गिरी, बसन्त ईङनाम लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here