भूकम्पले भत्कियो घर

0
489

दमौली,

लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ ।

पाँच दशमलव आठ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङका कृष्णबहादुर कामीका घरमा क्षति पुगेको हो ।

विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here