बिर्तामोड उद्योग वाणिज्य संघद्धारा सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क प्रदान

0
1062

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मास्क प्रदान गरेको छ ।
अग्रपंक्तिमा रहेर काम गर्नेहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउन एक हजार थान मास्क प्रदान गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय अनारमनीलाई तीन सय थान, सशस्त्र प्रहरी वेश क्याम्प शनिश्चरेलाई तीन सय थान, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र नेपाल पत्रकार महासंघ झापालाई दुई÷दुई सय थान मास्क प्रदान गरेको हो ।
संघका कार्यालय सचिव राजु गौतमले उक्त मास्क हस्तान्तरण गरेका थिए ।
पत्रकार महासंघका लागि उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाई र सदस्य रञ्जित परियारले मास्क जिम्मा बुझेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here