देवरले गरे भाउजुको हत्या, हत्यामा संग्लग्न पक्राउ

0
835

मोरङ ।

मोरङको रङगेली नगरपालिका–३ का १९ बर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

बुधबार बिहान साढे ७ बजेको समयमा रङगेली नगरपालिका–३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी उनलाई पक्राउ गरेको हो ।

मृतक अनिता र देवर बिनोदबीच मंगलवार साँझ झै–झगडा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए ।

पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here